काठमाडौं, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड बढी नाफा कमाएको छ ।
कम्पनीले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधीसम्म ३ करोड ३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.८० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्त्ै, सोही अवधिसम्म कम्पनीले खुद ब्याज आम्दानी २४.२० प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ३८.५५ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा १८ करोड २३ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण सञ्चालन मुनाफा ४ करोड ८५ लाख रुपैयाँ ऋणात्मक भएको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ ३९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७८.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२४ रुपैयाँ ७ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३५ प्रतिशत बढेको छ भने जगेडा कोष ४०.३५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको निक्षेप १७.२४ प्रतिशत बढेको छ भने कर्जा ११.९८ प्रतिशत बढेको छ।
प्रतिक्रिया