गत वर्षको तुलनामा यस वर्ष गाईभैंसीको दूध र खसीबोका मासुको उत्पादकत्व बृद्धि आएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिमा भन्दा गाईको दूध उत्पादकत्व २१.५ प्रतिशत र भैंसीको दूध उत्पादकत्व ८.८ प्रतिशत बढेको हो । त्यस्तै मासुको उत्पादकत्व ३८.९७ प्रतिशतले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत वर्षको तीन महिना र चालु आर्थिक वर्षको तीन महिनाको तुलना गर्दा दुग्ध पदार्थ र मासुको उत्पादकत्व बढेको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार भैंसीभन्दा गाईको दूध उत्पादन बढी हुन्छ । मन्त्रालयले मझौला तथा ठूला व्यवसायीमा गरेको सर्वेक्षण अनुसार सन्दर्भ अवधि (१० वर्ष) को एक हप्ताभित्र ८ लाख ८१ हजार ५ सय ५९ लिटर गाईको दूध बिक्री हुने गरेकोमा भैंसीको दूध ४ लाख ९६ हजार ४ सय ६६ लिटर बिक्री भएको छ । मन्त्रालयका अनुसार तीन महिनाको अवधिमा चीज र घीउ समेत निर्यात भएको छ । १६ हजार १ सय ९४ केजी चिज र १६.७ केजी घिउ निर्यात भएको जनाएको छ
प्रतिक्रिया