पछिल्लो समय घरजग्गाको कारोबार घटेको छ ।
विगतको चुनावका बेला भन्दा यस पटकको चुनावमा घरजग्गाको कारोबार निकै घटेको हो । आगामी मंसिर ४ गतेहुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समयमा भने झण्डै आधा भन्दा कम कारोबार भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा घरजग्गाको कारोबार ५२ प्रतिशतले कमि आएको जनाएको छ। यो वर्ष चार महिनामा कुल १ लाख २२ हजार २८२ लिखत पास भएका छन् । गत आर्थिक २०७८/७९ को यस्तै अवधिमा यस्तो संख्या २ लाख ५४ हजार ८१७ थियो ।
गत कात्तिक महिनामा गत २०७८ को कात्तिकमा तुलनामा जग्गाको कारोबार करिब ४४.२२ प्रतिशतले घटेको विभागले जनाएको छ । विभागका अनुसार बितेको कात्तिक महिनामा २७ हजार ९३९ लिखत (रजिस्ट्रेसन) पास भएका छन् । गतवर्ष कात्तिक महिनामा ५० हजार ८३ वटा लिखत पारित भएका थिए ।
गत असोज महिनामा २५ हजार ७८९ मात्रै लिखत (रजिस्ट्रेसन) पास भएका थिए । त्यसअघि साउन र भदौमा मात्रै ६८ हजार ५५४ वटा लिखत पारित भएका थिए ।
जग्गाको कारोबार घट्दा करिब एक अर्ब राजस्व कम उठेको छ । असोजमा भएको घरजग्गा कारोबारबाट ३ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जबकी अघिल्लो वर्षको कात्तिकमा यस्तो राजस्व ५ अर्ब ४९ करोड भएको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको साउन–भदौ–असोज–कात्तिकमा ३ लाख ५८ हजार ३५७ घरजग्गा कारोबार भएको छ । आर्थिक वर्ष ०७८/७९ को सोही अवधीमा ६ लाख ९६ हजार ८४३ घरजग्गा कारोबार भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा समेत ४ लाख २६ हजार २५६ घरजग्गा जग्गा कारोबार भएको थियो ।
त्यस्तै आर्थिक वर्ष ०७७/७८ मा १२ लाख १२ हजार ३६५ वटा कारोबार हुँदा ०७८/७९ मा १८ लाख १३ हजार ४२४ वटा घरजग्गा कारोबार भएको थियो । आर्थिक वर्ष ०७६/७७ मा ३ खर्ब ४९ अर्ब ११ करोड राजस्व उठेको थियो । आर्थिक वर्ष ०७७/७८ मा ५७ अर्ब ६३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै गत वर्ष ७६ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो । कारोबार र राजस्व घटे पनि कित्ताकाट भने बढ्दै गएको देखिएको छ । आर्थिक वर्ष ०७६/७७ मा १० लाख ६ हजार ३३७ पटक कित्ताकाट भएको थियो । अघिल्लो आर्थिक वर्ष १२ लाख ९६ हजार ७२६ पटक कित्ताकाट हुँदा गत वर्ष १६ लाख १२ हजार १३५ पटक भएको थियो ।
तर यतबेला भने घरजग्गाको कारोबारमा देशभरी नै मन्दी छाएको छ ।
प्रतिक्रिया