नेपाल बैंक ८६ औं वर्षमा प्रवेश, चुक्ता पुँजी १४.४० अर्ब

३ बर्ष अगाडि

काठमाडौं, नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो ।

नेपाल बैंक नेपालको पहिलो बैंक हो  ।  यस बैंकको स्थापना वि.स.१९९४ कार्तिक ३० गते भएको हो । नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यस बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् । 

८ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।

नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका अतुलनीय रहेको छ । यसको आफ्नै लामो गौरवमय इतिहास छ ।

नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंकलाई जान्छ । भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले महत्वपूर्ण भूमिका खेलेक छ ।

वि.स. १९९४ देखि २०१३ सालसम्म देशको केन्द्रीय बैंकको भूमिकासमेत निर्वाह गरेको नेपाल बैंक देशको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको संस्था हो ।

नेपाल बैंकमा हाल २३ लाखभन्दा बढी ग्राहक छन् ।

बैंकले २२६ शाखामार्फत कारोबार गर्दै आएको जनाएको छ । बैंकले शाखासँगै १९९ वटा एटिएम, ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ ।

यति मात्रै होइन, हाल आएर नेपाल बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सफल भइरहेको छ । बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् साथै हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ ।

वि.स. २०७९ असार मसान्तसम्म १ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । ८६ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४.४० अर्ब छ ।

प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१.६८ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ ।

प्रशस्त अचल सम्पत्ति, कासा निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाब, खराब कर्जा व्यवस्थापनलगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ । त्यसैले हरेक वित्तीय परिसूचकहरुका आधारमा नेपाल बैंक नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकको रूपमा उभिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया