१४ महिनापछि शोधनान्तर स्थिति पहिलो पटक बचतमा, चालु खाता भने घाटामा नै

३ बर्ष अगाडि

अघिल्लो आवदेखि लगातार घाटामा रहेको शोधनान्तर स्थिति पहिलो पटक बचतमा गएको छ । गत असोज महिनामा शोधनान्तर स्थिति करिब साढे १२ अर्ब रुपैयाँले बचतमा रहेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार असोज महिनामा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको असोजसम्ममा शोधनान्तर स्थिति ७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १ लाखले बचतमा रहेको छ ।

यद्यपि, चालु खाता भने घाटामा नै रहेको छ । गत असोज मसान्तसम्ममा चालु खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४९ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २७ करोड रुपैयाँले घाटामा रहेको छ । पुँजीगत ट्रान्सफर ३४। प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड रुपैयाँ प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९२ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज महिना) मा रेमिटान्स आय स्थीर रहेपनि आयातमा कमी भएको र नेपालले प्राप्त गर्ने वैदेशिक सहायता (ऋण र अनुदान) मा बृद्धि भएपछि शोधनान्तर स्थिति बचतमा गएको हो । देशमा भित्रिने र देशबाट बाहिर जाने रकमको हिसाब नै शोधनान्तर स्थिति हो ।

पछिल्लो समय विदेशी मुद्रा संचिति पनि बढेको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २।५ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०।६ प्रतिशतले कमी आई ९ अर्ब ४ करोड कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९र८० को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९।६ महिनाको वस्तु आयात र ।३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ असोज  मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.७ प्रतिशत, ६९.५ प्रतिशत र २२.५ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया