माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा, साधारण सभा र बुकक्लोज कहिले ?

३ बर्ष अगाडि

काठमाडौं, माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो। जसअनुसारआर्थिक वर्ष २०७८–७९का लागि वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको (करबाहेक) १० प्रतिशत अर्थात १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले प्रस्ताव गरेको छ। 

सोही बैठकले लाभांश पारित गर्न कम्पनीको वार्षिक साधारणसभा पनि डाकेको छ। कम्पनीले आउँदो पुस ९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया