स्पेशल प्रि ओपन सेसनमा खप्तड लघुवित्तको पहिलो कारोबार, कतिमा भयो ?

३ बर्ष अगाडि

काठमाडौं- स्पेशल प्रि ओपन सेसनमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार  खुलेको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र प्रि–ओपन सेसनमा शेयर किनबचे भएसँगै खप्तड लघुवित्तको शेयर कारोबार आजबाट नियमित समयका लागि खुलेको हो। आज प्रि–ओपसन सेसनमा यो लघुवित्तको शेयर प्रतिकित्ता ३०३.२० रुपैयाँमा किनबेच भएको छ। 

खप्तड लघुवित्तलाई नेप्सेले पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतम १०१.०७ रुपैयाँदेखि अधिकतममा ३०३.२१ रुपैयाँ तोकिएको थियो। 

यो लघुवित्त आईपीओ सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका थियो। तर, मंगलबार प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र सेयर किनबेच नभएपछि यो लघुवित्तको सेयर कारोबार नियमित समयका लागि खुल्न सकेको थिएन।

नेप्सेमा खप्तड लघुवित्तको १०० अंकित दरका कुल ४ लाख कित्ता सूचीकृत भएको छ। जसमा संस्थापकको २ लाख ६८ हजार कित्ता र सर्वसाधारणको १ लाख ३२ हजार कित्ता छन्।

खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। यो लघुवित्तको आईपीओ बाँडफाँड भने गत भदौ २० गते भएको थियो।

३ बर्ष अगाडि

प्रतिक्रिया