नेपाल इन्भेस्टमेन्ट बैंकको ११ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि  शेयरधनीहरुलाई २०७९ असार मसान्तसम्म कायम चुक्तापुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको कुल ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस शेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। 

 

३ बर्ष अगाडि

प्रतिक्रिया