जाल्पा सामुदायिक लघुवित्त घाटामा, प्रतिशेयर आम्दानी २.५८ रुपैयाँले ऋणात्मक

३ बर्ष अगाडि

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको  वित्तीय विवरण सार्वजनिक गरेको छ । 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १० लाख ३० हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थालाई १ करोड ३२ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन थियो। 

पहिलो त्रैमासमा संस्थाले ९ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ८ करोड १० लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि १६.६ प्रतिशतले उकालो लागेको छ। 

चुक्तापुँजी १६ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार २१.७७ प्रतिशतले बढेर ३८ करोड १० लाख रुपैयाँमा उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३१ करोड २८ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा संस्थाले १ अर्ब ९० करोड रुपैयाँ सापटी लिई ५ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ५३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

वार्षिकीकृत संस्थाको प्रतिशेयर आम्दानी २.५८ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिशेयर नेटवर्थ ३३८.१३ रुपैयाँ रहेको संस्थाको तरलता अनुपात ११.२२ प्रतिशत छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया