काठमाडौं, विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसिरमा निक्षेपको ब्याजदर घटाउने भएका छन्। मंगलबार डेभलपमेन्ट बैंकर एशोशियसन र फाइनान्स एशोशियसनको मंगलबार बसेको
बैठकले मुद्दती निक्षेपमा ब्याजदर घटाउने निर्णय गरेका हुन्।
मंसिरमा विकास बैंकहरुले मुद्दती निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको स्रोत जनाएको हो ।
यस्तै फाइनान्स कम्पनीहरुले पनि ०.१५ प्रतिशतदेखि ०.२० प्रतिशतसम्म ब्याजदर घटाउने निर्णय गरेको हो ।
मंगलबार वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोशियसनले भने मंसिरलाई ब्याजदर स्थिर राख्ने सहमति गरेको थियो। तर विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदर घटाउन थालेपछि अब वाणिज्य बैंकहरुलाई पनि ब्याजदर घटाउन दबाब परेको छ।
प्रतिक्रिया