प्रतिशेयर आम्दानी रु.२०.२० रहेको राष्ट्रिय बीमा कम्पनीको नाफा कति ?

३ बर्ष अगाडि

काठमाडौं- राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  

सार्वजनिक वित्तिय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा १३.२५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ११४.८९ प्रतिशतले बढेर १५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत ७ करोड ८४ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड २१ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ १३७९ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ६३३.१८ गुणा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया