हिजो बढेको शेयर बजार आज साढे ६ अंक घट्यो, १ अर्बको कारोबार

३ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। आज नेप्से ६.५९ अंक घटेर १८९७.८६ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ९४ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २२९ स्टकको २२ हजार ७७१ पटकको कारोबारमा १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको २७ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल टेलिकमको साढे ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य सर्वाधिक ४.५८ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य यस दिन सर्वाधिक ८.५६ प्रतिशत घटेको छ। त्यसैगरी, यसैदिनदेखि कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको शेयरमूल्य यस दिन ८.४२ प्रतिशत घटेको छ।

मंगलबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार, निर्जीवन बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ। यता उत्पादन तथा प्रशोधन, वित्त र विकास बैंक उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया