रिलायबल नेपाल लाइफको नाफा ८५ करोड बढी, कति पुग्यो प्रतिशेयर आम्दानी ?

३ बर्ष अगाडि

काठमाडौं, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ८.१७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आम्दानीबाट १६ करोड ३१ लाख रुपैयाँ र बीमालेख धितोमा १८ करोड १४ लाख रुपैयाँ लगानी गरी ८ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको खुद बीमाशुल्क घटेपनि नाफा भने ३४।७० प्रतिशतले बढेर १० करोड ३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थापकहरुलाई शतप्रतिशत पूँजी थप्न लगाएर कम्पनीले चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीको जगेडा कोषमा एक अर्ब १८ करोड १२ लाख रुपैयाँ, बीमा कोषमा ५ अर्ब १५ करोड ५४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा र प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ३८ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया