काठमाडौं- वाणिज्य बैंकहरुले मंसिरमा पनि कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको छ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकमा बैंकरहरुबीच मंसिर महिनामा ब्याजदर स्थिर राख्ने सहमति बनेको हो।
यसअघि असोजमा ६ महिनादेखिको भद्र सहमति भंग गर्दै बैंकहरुले औसतमा १० प्रतिशतले ब्याजदर बढाएका थिए।
असोजमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गरेका थिए। केही बैंकहरुले भने रेमिट्यान्समा १५ प्रतिशतसम्म ब्याजदर दिएका थिए।
ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको र लागतमात्रै बढेकोले बैंकहरुले कात्तिक महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेका थिए।
प्रतिक्रिया