खप्तड लघुवित्तको शेयर कारोबार आज हुन सक्ने

३ बर्ष अगाडि

मंगलबार खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुलेन। नेप्सेले तोकेको रेन्जभित्र यो लघुवित्तको सेयर किनबेच नभएका कारण नियमित समयका लागि कारोबार नखुलेको हो। 

खप्तड लघुवित्तलाई नेप्सेले पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतम १०१.०७ रुपैयाँदेखि अधिकतममा ३०३.२१ रुपैयाँ तोकिएको छ।

अब भोलि प्रि–ओपसन सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएको खण्डमा नियमित समयका लागि कारोबारमा आउनेछ। 

नेप्सेमा खप्तड लघुवित्तको १०० अंकित दरका कुल ४ लाख कित्ता सूचीकृत भएको छ। जसमा संस्थापकको २ लाख ६८ हजार कित्ता र सर्वसाधारणको १ लाख ३२ हजार कित्ता छन्।

खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। यो लघुवित्तको आईपीओ बाँडफाँड भने गत भदौ २० गते भएको थियो। 

३ बर्ष अगाडि

प्रतिक्रिया