प्रि ओपन सेसनमा बढ्यो नेप्से, कतिको भयो कारोबार ?

३ बर्ष अगाडि

मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २१.२९ अंक बढेर १९०४.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७६ अंक बढेर १९०५.२१ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७ स्टकको ६ लाख २६ हजार २५ रुपैयाँ १९ पैसा बराबरको ९५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया