काठमाडौैं- एनएमबि बैंक लिमिटेडबाट आईपीओ भर्दा अब आस्बा शुल्क नलाग्ने भएको छ ।
कम्पनीले अबदेखि सम्पूर्ण ग्राहकहरुले एनएमबि बैंकबाट निःशुल्क रुपमा आईपीओ भर्न सक्ने बताएको छ । एनएमबि सँगै अब आस्बा शुल्क निशुल्क गर्ने बैंकको संख्या आठ पुगेको छ ।
यसभन्दा अगाडि सानिमा बैंक, नबिल बैंक,सिद्धार्थ बैंक,एनआईसी एशिया बैंक,राष्ट्रिय बाणिज्य बैंक, कुमारी बैंक र नेपाल बैंकले पनि सि आस्बा शुल्क निशुल्क गर्दै आएका थिए।
यसअघि सर्वसाधारण लगानीकर्ताहरुले संगठित रुपमै निःशुल्क सेवा प्रदान गर्नको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेका थिए । सोही अनुरुप कुनै बैंकले ५ रुपैयाँ शुल्क लिँदै आएका छन् ।
प्रतिक्रिया