काठमाडौं, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ९ लाख बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ४ बजेसम्ममा ९ लाख १९ हजार १०४ जना आवेदकबाट १ अर्ब ९ करोड ६१ लाख १ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६३ हजार १० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको २।१२ गुणा बढी हो ।
कम्पनीले शुक्रबारदेखि ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये ३ प्रतिशत अर्थात १ लाख ६७ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३२० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने ५१ लाख ५७ हजार ८८० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले कात्तिक २९ गतेसम्ममा मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।
प्रतिक्रिया