मानुषी लघुवित्तको सञ्चालक सदस्य विनोद बजगाँइद्धारा राजिनामा

३ बर्ष अगाडि

 काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक सदस्य विनोद बजगाँइले राजिनामा दिएका छन् । उनले सञ्चालक पदबाट दिएको राजिनामा कम्पनीको कात्र्तिक २७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो।

बजगाँईले गत कात्र्तिक १५ गते संचालक समितिको सदस्यबाट आगामी मंसिर ४ गते प्रनिधिसभा तथा प्रदेश सभाको निर्वाचन हुन गइरहेको र उक्त निर्वाचनमा उम्मेदवारको रुपमा मनोनयन भएको कारणले गर्दा संस्थामा समय दिन नसक्ने भनि राजिनामा दिएका थिए ।

उनले दिएको राजिनामा संचालक समितिले स्वीकृत गरी उक्त रिक्त पदमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तारा कुमार रिजाललाई संचालक समितिको सदस्यमा नियुक्त गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया