प्रहरीलाई ५०० घुस दिने ट्रिपर चालक पक्राउ

७ बर्ष अगाडि

काठमाडौं– प्रहरीलाई घुस दिएको आरोपमा प्रहरीले दुई जना ट्रिपर चालकलाई नियन्त्रणमा लिएको छ । 
गएराती राजधानीको बल्खु स्थितमा चेकिङ्गमा रहेका प्रहरी टोलीलाई  बा ४ ख ६७७१ र बा ३ ख ६५६८ नम्बरको टिपर चालकले प्रहरीलाई रु ५०० घुस दिन खोजेका थिए । 

आवश्यक कागजातहरू माग गर्दा उनीहरुले कागजपत्र नदेखाई दुबै टिपरको संयुक्त भनि रु ५०० घुस दिन खोजेकाले महानगरीय वृत्त कालीमाटीवाट खटीएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 
पक्राउ पर्ने चालकमा ओमबहादुर कार्की र लक्ष्य पन्त रहेका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया