सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, न्यूनतम २० रुपैयाँदेखि अधिकतम कतिसम्म ?

३ बर्ष अगाडि

काठमाडौं- सन नेपाल लाइफका इन्स्योरेन्सले आर्थिक वर्ष २०७७र७८ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । 

कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कार्तिक २० गते स्वीकृत भएपछि बीमितलाई दिइने बोनस दर सार्वजनिक गरेको हो ।

सार्वजनिक बोनस दर अनुसार २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सनलाइफ सावधिक जीवन बीमा लेख, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक), बाल समृद्ध जीवन बीमालेख (बालवालिकाको सावधिक जीवन बीमा) र नवीन आजीवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन ।

सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) मा ३६ रुपैयाँ, सिमिति अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा २० रुपैयाँ देखि ३० रुपैयाँ सम्म बोनस पाउनेछन् ।

यस्तै धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमामा बीमिले बीमा अवधि अनुसार न्युनत २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनस पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया