एजेन्सी - क्रिप्टो करेन्सी एफटिएक्स ट्रेडिङ लिमिटेडका संस्थापक स्याम ब्याकमेन फ्राइडको १६ बिलियन डलरको सम्पत्ति केहि दिनमा नै शून्यमा झरेको छ । कुनै व्यापारीको सम्पत्तिमा भएको यो इतिहासकै हालसम्मको ठुलो गिरावट हो ।
कुनै समय स्याम ब्याकमेनको नेटवर्थ २६ बिलियन डलर पुगेको थियो । एफटिएक्स विश्वको अर्को सबैभन्दा ठुलो एफिलिएटेड क्रिप्टो कारोबार गर्ने कम्पनी थियो ।
ब्लूमबर्ग बिलनेयर्स सूचकले हाल एफटिएक्सको अमेरिकी कारोबारको मूल्य शून्य देखाइरहेको छ । जनवरीमा फण्ड रेजिङ राउण्डमा यसको मूल्य ८ बिलियन डलर थियो ।
३० वर्षका स्याम ब्याकमेनले कम्पनीका सीइओ पदबाट राजीनामा दिइसकेका छन् । उनको स्थानमा जोन जे रे ले सीईओ पद सम्हाल्नेछन् ।
प्रतिक्रिया