लाभांश पारितका लागि युनिलिभर नेपालले बोल्यो साधारण सभा, कहिले र बुकक्लोज ?

३ बर्ष अगाडि

काठमाडौं, युनिलिभर नेपाल लिमिटेडले मंसिर २० गते मंगलबार २९ औँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको हो । सो सभा होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजे शुरु हुनेछ।

सभाले प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानका प्रस्ताव, नियमावलीका व्यवस्थाहरुमा आवश्यक तथा उपयुक्त संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया