तीन महिनामा एनएमबि लघुवित्तलाई ८० लाख १० हजार घाटा, ईपीएस ऋणात्मक

३ बर्ष अगाडि

काठमाडौं - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ८० लाख १० हजार रुपैयाँ घाटा व्यहोरेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिना सम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार संस्थाले अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा संस्थालाई ८१ लाख ७७ हजार रुपैयाँ सञ्चालन घाटा भएको छ । 

अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड १३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन थियो । पहिलो त्रैमासमा संस्थाले ८ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ  अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ११ करोड १५ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी पनि २२.५ प्रतिशतले ओरालो लागेको छ । 

चुक्तापुँजी ६५ करोड ५८ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार ८.८८ प्रतिशतले घटेर ३६ करोड २२ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा ३९ करोड ७५ लाख रुपैयाँ थियो । 

समीक्षा अवधिमा संस्थाले ३ अर्ब ५ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ अर्ब ९० करोड रुपैयाँ सापटी लिई ५ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ५.६८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.३७ प्रतिशत थियो । वार्षिकीकृत संस्थाको ईपीएस ४.८९ रुपैयाँले ऋणात्मक रहेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ईपीएस २४.०५ रुपैयाँ थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १५५.२४ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया