डिप्रोक्स लघुवित्तको नाफा घट्यो, ईपीएस कति पुग्यो ?

३ बर्ष अगाडि

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा ९ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्ममको वित्तीय विवरणले यस्तो देखाएको हो । 

सार्वजनिक विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४२.८९ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ४३.१३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २४ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर १४ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । 

पहिलो त्रैमासमा संस्थाले ३३ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३५ करोड ९१ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी पनि ७।४३ प्रतिशतले ओरालो लागेको छ । 

चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार २०.७३ प्रतिशतले घटेर ९६ करोड ४ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष रिजर्भमा १ अर्ब २१ करोड रुपैयाँ थियो । 

समीक्षा अवधिमा संस्थाले ८ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ३.६८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा एनपीएल ०.६७ प्रतिशत थियो । वार्षिकीकृत संस्थाको ईपीएस ४२.८९ प्रतिशतले घटेर ३४.२९ रुपैयाँमा झरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ईपीएस ६०.०५ रुपैयाँ थियो । पीई रेसियो ३१.५६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २२९.४० रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया