ताप्लेजुङको पर्यटन विकासमा योगेशको जोड, जनमतले पहिलो शक्तिको रुपमा रहेको एमालेबाट मार्ला बाजी ?

३ बर्ष अगाडि

ताप्लेजुङ -  सामाजिक सञ्जालमा धेरै पछ्याइने नेताहरू मध्येमा एक हुन नेकपा (एमाले) का सचिव योगेश भट्टराई । उनलाई ट्विटरमा ४ लाख ६० हजारले पछ्याएका छन् । फेसबुकमा ३ लाख ६२ हजारले भने भर्खरै सुरु गरेको टिकटकमा २२ हजारले पछ्याइसकेका छन् । 

उनले एक साथ कुनै सामग्री पोष्ट गर्दा एकैपटक १०औं लाखको बिचमा पुगिहाल्छ । उनले आफ्नो यो लोकप्रियतालाई जिल्लाको हितमा भरपुर प्रयोग गरेका छन् । धेरैले भन्छन्, ‘ताप्लेजुङको पर्यटन र संस्कृति प्रबद्र्धनका लागि योगेशले ‘ब्रान्ड एम्बेसडर’को पनि भूमिका खेलेका छन् ।’ 

ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा संस्कृतिका स्थल पाथीभरा (मुकुलुङ)मा कुनै सार्वजनिक पद व्यक्ति जान्छन्, ‘उहाँ पुग्नु भयो, स्वागत छ भनेर तस्बिर पोष्ट गर्छन् ।’ जिल्लाको कुनै पर्यटकीय थलोमा पुग्छन्, त्यसको महत्व सहित तस्बिर पोष्ट गर्छन् । 

सांस्कृतिक र पर्यटकीय थलोहरुको प्रचार प्रसार र प्रबद्र्धनमा योेगेशले ‘ब्रान्ड एम्बेसडर’को रुपमा पनि काम गरेको स्थानीयहरुको भनाई छ । २०७४ सालको निर्वाचनमा ताप्लेजुङबाट जित हासिल गरेका भट्टराई यो पटक पनि नेकपा एमालेको तर्फबा प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । 

यो पटक के होला भनि आम जनमानसको चासोको विषय बनेको छ । अहिले उतिबेलाको सहयोगी माओवादी केन्द्रका उम्मेद्वार खेलप्रसाद बुढाक्षेत्री पराग उनी सँग प्रतिस्पर्धा गर्न चुनावी मैदानमा उत्रिएका छन् । 

२०७४ सालको निर्वाचनमा वाम गठबन्धका उम्मेद्वार भट्टराईले २९ हजार ४ सय ७९ मत ल्याएर विजयी हुँदा कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरेका थिए । तर, यसपटक उनले सत्तारुढ गठबन्धनको सामना गर्दै छन् ।

स्थानीय तह निर्वाचनको परिणाम र पछिल्लो घटनाक्रमले गठबन्धन उत्साही छ । ताप्लेजुङको ९ वटा स्थानीय तह मध्ये ६ वटा पालिकाको प्रमुखमा गठबन्धनले जित हासिल गरेको छ भने एमालेले ३ वटा प्रमुखमा स्थान बताएको छ । 

यही कारण आफूहरू निकै बलियो रहेको गठबन्धनको बुझाई छ । तर, स्थानीय तहको मत परिणामलाई मानेर आफू बलियो मान्नु त्यति सहज नहुन पनि सक्छ । अहिले जनाताले पार्टी भन्दा व्यक्ति छान्न थालेका छन् । उदाहरण हो, एक पछि अर्को स्वतन्त्र उम्मेद्धारको विजयी । 

त्यसो त जनमतले ताप्लेजुङमा एमाले पहिलो शक्तिको रुपमा देखिन्छ । ६१ वडा मध्ये एमालेले २९, कांग्रेसले १५, माओवादी केन्द्रले १० र नेकपा एसले २ वडा जितेको छ । यस्तै अन्य चारवटा वडामा भने स्वतन्त्रले जितेको छ । 

स्थानीय निर्वाचनमा एमालेले २४ हजार २९५ मत प्राप्त गरेको थियो । त्यस्तै कांग्रेसले १८ हजार २ सय २४, माओवादीले ४ हजार ४ सय ९७ मत, एसले १ हजार ३ सय ८ मत र जसपाले ९ सय २३ मत ल्याएका थिए । यी सबै मत जोड्दा पनि एमाले एक्लैको मत हाराहारीमा छ । 

पर्यटन र संस्कृतिमा जोड
त्यसो त योगेशले जिल्लाको विकासको लागि पर्यटनमा जोड दिदै आएका छन् । जिल्लाको प्राकृतिकस्थलहरु, सांस्कृतिक सम्पदाहरु र संस्कृतिलाई त्यसको आधार मानेका छन् । उनले गएको ५ वर्षमा पर्यटन र संस्कृतिको लागि करोडौं बजेट पठाए ।

उनले पाथीभरा९मुकुलुङ खानेपानी आयोजना ८ करोड २२ लाख, पाथीभरारमुकुलुङ मन्दिरमा स्वास्थ्य उद्धार केन्द्र तथा चमेनागृह निर्माण २ करोड ३० लाख, मन्दिर संरक्षण तथा सम्बद्र्धन १ करोड, पैदल मार्ग ट्रष्ट निर्माण ८० लाख, विश्राम गृह निर्माण २४ लाख, मन्दिर परिसर संरक्षण कार्यक्रम १ करोड बजेट विनियोजन गराए ।

यसैगरी पाथीभरा क्षेत्र विकास समितिको अनुदानमा बृद्धि गरेर बार्षिक १ करोड १० लाख बनाए । मन्दिर सतल निर्माण तथा संरक्षण ४५ लाख पठाए ।

कञ्चनजंघा हिमालको फेदमा रहेको खम्बाछेनमा ‘रिसर्च सेन्टर’ स्थापना ५ करोड, तिम्बुङ पोखरी क्षेत्रमा पदमार्ग, होमस्टे तथा संरक्षण र सम्बद्र्धन १ करोड ३५ लाख, फङफङदेन झरना पर्यटकीय क्षेत्रको सम्र्बद्धनका लागी १ करोड ३५ लाख बजेट बिनियोजन गराए । ताप्लेजुङको कुनै पनि यस्ता पर्यटकीयस्थल छैनन् जहाँ बजेट परेन ।

संस्कृतिमा 
जिल्लाको लिम्बु समुदायको सांस्कृति स्थल र सम्पदाहरुको संरक्षणको निम्ती पनि उनले दर्जनौं आयोजनाहरु पठाए । यसैगरी आदिवासी जनजाती उत्थान भवन, सिनाम फुङलिङ न।पा पुरातात्विक भवन संरक्षण, लिम्बु संग्रहालय पूर्वाधार निर्माण पेदाङ, सिरीजंघा लम्बु संग्रहालय मामाङखे, सिरीजंघा फक्तालुङ माङहिम फक्तालुङ, माङ्गेना यक पूर्वाधार विकास साँवा, मिक्वाखोला युमा साम्यो मुन्धुम हिम फाकुमबा, मैवाखोला लगायतका दर्जनौं सांस्कृति स्थलमा उनले बजेट पठाए ।

गुम्बा संरक्षण तथा सम्बद्र्धनका लागि करिब दुई दर्जन बढी आयोजना पठाए । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिसँगै पयर्टन र संस्कृतिको क्षेत्रमा पनि करोडौै बजेट पठाएका थिए । आगमी निर्वाचनको लागि घरदैलो गर्दै गर्दा पर्यटन र संस्कृतिको विकासको लागि उसैगरी आफू लाग्ने बताएका छन् ।

उनले भनेका छन्, ‘जिल्लाको सांस्कृतिक क्षेत्रहरूको संरक्षण र विकासमा हाम्रो निरन्तर प्रयत्न रह्यो । ऐतिहासक महत्व बोकेका धार्मिक स्थलहरू, लिम्बू संग्राहलय, मांगेनायाकहरू, माङ्हिमलगायतको संरक्षण तथा विकासमा बजेटको व्यवस्था गरेका छौं । ऐतिहासिक तथा पुरातात्विक दिकीछ्योलिङ गुम्बादेखि अन्य गुम्बाहरूका साथै सबै जाति तथा समुदायका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्बद्र्धनमा ध्यान पु¥याएका छौं ।’

पर्यटन तर्फ भट्टराईले लगेको बजेट
-पाथीभरारमुकुलुङ खानेपानी आयोजना ८ करोड २२ लाख
-पाथीभरारमुकुलुङ मन्दिरमा स्वास्थ्य उद्धार केन्द्र तथा चमेनागृह निर्माण २
करोड ३० लाख
-पाथीभरारमुकुलुङ मन्दिरे संरक्षण तथा समबद्र्धन १ करोड
-पाथीभरारमुकुलुङ पैदल मार्ग ट्रष्ट निर्माण ८० लाख
-पाथीभरारमुकुलुङ विश्राम गृह निर्माण २४ लाख
-पाथीभरारमुकुलुङ मन्दिर परिसर संरक्षण कार्यक्रम १ करोड
-पाथीभरा क्षेत्र विकास समितिको अनुदानमा बृद्धी वर्षीक १ करोड १० लाख
-पाथीभरारमुकुलुङ मन्दिर सतल निर्माण तथा संरक्षण ४५ लाख
-पाथीभरारमुकुलुङ क्षेत्रमा द्धन् को टावर जडान भएको छ ।

-नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रसारण लाइन पाथीभरामा पुर्याउने कार्य
अन्तिम चरण पुगेको ।
-सुकेटार देखि काफ्लेपाटी सडक कालोपत्रे ५२ करोडमा टेण्डर भई काम
शुरु भएको छ ।
-कञ्चनजंघा हिमालको फेदमा रहेको खम्बाछेनमा ‘रिसर्च सेन्टर’ स्थापना ५ करोड
-तिम्बुङ पोखरी क्षेत्रमा पदमार्ग, होमस्टे तथा संरक्षण र सम्बद्र्धन १ करोड
३५ लाख
- फङफङदेन झरना पर्यटकीय क्षेत्रको सम्र्बद्धनका लागी १ करोड ३५
लाख बजेट बिनियोजन भई (आर्थिक बर्ष ०७४/०७५ मा ५० लाख र ०७५/०७६० मा ५० लाख) (७७/०७८ मा ३५ लाख विनियोजन)
-सोदुङ पोखरी (वरक) संरक्षण तथा सम्बद्र्धन ३५ लाख
-कञ्चनजंघा क्षेत्र (लेलेप, घुन्सा र गोला आधा शिविर) पदमार्ग ८० लाख
-सिद्धिडाँडा पर्यटन पूर्वाधार निर्माण फुङलिङ २० लाख
-सिनाम क्षेत्र पर्यटन पूर्वाधार विकास सिरिजंघा २५ लाख
-सहिद स्मृती पार्क फुङलिङ १० लाख
-रविन्द्र स्मृती पार्क फुङलिङ ९पाथीभरा क्षेत्र० ५० लाख
-गुराँसे पोखरी संरक्षण पर्यटन पूर्वाधार विकास मेरिङदेन १० लाख
-तिनजुरे मिल्के जलजले क्षेत्रको विकासको लागी ९तेह्रथुम र ताप्लेजुङ० ५० लाख
-कञ्चनजंघा क्षेत्रमा पदमार्ग निर्माण ४५ लाख
-मिल्केडाँडा लालीगुराँस पार्क निर्माणका लागि मैवाखोला गाउँपालिका र
पर्यटन मन्त्रालयको साझेदारीमा ४२ लाख ८१ हजार
- याम्फूदिन आम्जिखोला, नयाँझोरेनी, तुप्लुङ, दुन्दुडाँडा, नगर्चा, चैराम
हुदै कञ्चनजंघा वेशक्याम जाने पदमार्ग सिरिजंघा गाउँपालिका र पर्यटन मन्त्रालयको साझेदारी ४० लाख ६७ हजार
- सिद्धिडाँडा पर्यटन पूर्वाधार निर्माण फुङलिङ २० लाख
-सिनाम क्षेत्र पर्यट्न पुर्वाधार विकास सिरिजंघा २५ लाख
- सहिद स्मृतीपार्क फुङलिङ १० लाख
-गुराँसे पोखरी संरक्षण पर्यटन पूर्वाधार विकास मिरिङदेन गाँउपालिका १० लाख
-मेवा तमोर त्रिवेणी सतिघाट निर्माण, खोक्लिङ – २० लाख
-कावेली मन्दिर संरक्षण आठराई त्रिवेणी गापा २ चोकपुर २० लाख
-शिवालय तथा चण्डिकालिका मन्दिर संरक्षण फुङ्लिङ नपा ३ पाटीडाँडा २० लाख

-सोधुपोखरीको वैज्ञानिक तथा अन्वेषण उत्खनन् अध्ययन गर्ने ५ लाख
- लोपउन्मुख वालुङ जातीको संग्राहलय फक्तालुङ ५ लाख ३५ हजार
- बिरेन्द्रचोक पोखरी क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण फुङलिङ १० लाख
- ताप्लेजुङ सनराइज भ्यू प्वाइन्ट सुकेटारगुप्ते फुङलिङ १० लाख
- शहिद पार्क ताप्लेजुङ्ग फुङलिङ १० लाख
- सिस्ने महादेव पर्यटन पूर्वाधार फुङलिङ २ लाख ६५ हजार
- घुमाउने पोखरी क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण मेरिङदेन १० लाख
- मदन भण्डारी जन्मघर संरक्षण तथा स्मृति पार्क निर्माण ३० लाख
- बागधारा पर्यटकीय पूर्वाधार विकास मैवाखोला १० लाख
- झ्याउपोखरी क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण मैवाखोला १० लाख
- नाम्सिङ्ग पर्यटकीय क्षेत्र जाने पदमार्ग पाथिभारा याङरक ७ लाख
- कर्कले गढीडाँडा पर्यटकीय पुर्वाधार पाथिभारा याङरक ७ लाख
- सिन्थोलुङ्ग झर्ना पर्यटन पूर्वाधार, मौवाखोला १० लाख
- चमेरे गुफा पर्यटकीय क्षेत्र पुर्वाधार सिदिम्बा गा।पा सुरुङ्गखिम १० लाख
- सिङ्चेपु भञ्ज्याङमा अवस्थित सानो पाथिभरा मन्दिरमा निर्माण ५ लाख ३० हजार
- शहिद हरी प्रसाद नेपाल स्मृति पार्क पूर्वाधार निर्माण १० लाख
- तमोर नदीमा ¥याफ्टिङका लागि पर्यटन पूर्वाधार निर्माण ५० लाख

३ बर्ष अगाडि

प्रतिक्रिया