काठमाडौं - शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो ।
सञ्चालन आम्दानी घटेपनि खर्च नियन्त्रण गरेका कारण कम्पनीको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशत घटेको छ भने अन्य आम्दानी ३ हजार २४८.४३ प्रतिशत बढेको छ ।
त्यसैगरी, कम्पनीको कुल आम्दानी १६.६१ प्रतिशत घटेको छ भने कुल खर्च २०.०३ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ ।
प्रतिक्रिया