नेकपा माओवादी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको आयोजनामा आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि बाम लोकतान्त्रिक उम्मेदवारहरू सङ भेटघाट तथा मजदुरहरूलाई प्रशिक्षण कार्यक्रम गरिएको छ ।
शनिबार धुलिखेल मिराबेल होटलमा भएको कार्यक्रममा प्रतिनिधि सभा २ का साझा उम्मेदवार शिव प्रसाद हुमागाई, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागमती प्रदेश समानुपातिक उम्मेदवार रुकु चौलागाईं, नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला संयोजक भोला अर्याल लगायत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै गठबन्धनको साझा उम्मेदवार शिव हुमागाईले ट्रेड युनियनमा रहेर काम गरेको मजदुर हरुको हितको लागि निरन्तर लागि रहेको बताए । हरदम मजदुर हक अधिकार सुरक्षा ज्याला दर स्थायी नभएको बिषयमा निरन्तर लागि रहेको साझा उम्मेदवार हुमागाईले बताए ।
नीतिगत व्यवहारिक रुपमा मजदुरहरूको हितको लागि सधैँ लाग्ने कहिले पनि श्रमजीवी बाटो नबिराउने सबै खाले प्राप्ति लाई रक्षा गर्नको लागि गठबन्धन भित्र बाट मेरो उम्मेदवारी रहेको उनले बताए । मजदुर सबैले आगामी हुने मङ्सिर ४ गते जिल्लाको ६ जना नै साझा उम्मेदवार लाई जिताउनु पर्छ तपाईहरूको मत गलत व्यक्तिलाई परेमा हित नहुने हुमागाईले भने ।
कार्यक्रममा प्रतिनिधि सभा २ प्रदेश सभा क को उम्मेदवार लक्ष्मण लमसालले हरेक खाले वर्गहरूको हितको लागि यो निर्वाचन प्रक्रियामा रहेको बताए । सबै क्षेत्रमा रहेका मित्रहरूले गठबन्धनको साझा उम्मेदवारहरूलाई मतदान गर्नको लागि आह्वान गर्नुपर्ने बताए । मजदुरहरूको मुद्धाहरु उठाउनु पर्ने तहहरु देखि सदन सम्म उठाउँदै आउने र आएको लमसालले बताए । यो निर्वाचन हाम्रो एजेन्डा सबै खाले रक्षा गर्नको लागि यो निर्वाचन साझा उम्मेदवारहरुले जित्नु पर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य एवं प्रदेश समानुपातिक उम्मेदवार रुकु चौलागाईंले श्रमिक बर्गको लागि पहिलो आवाज उठाउने पार्टी माओवादी भएको सबै मजदुरहरुको हितमा सबैखाले मागहरु पूरा भएको छ कि छैन भन्ने माओवादी पार्टी लाई जानकारी भएको बताइन् । मजदुर श्रमजीवी वर्गहरूको हितमा उनीहरूको हरेक खाले समस्याहरुको साथमा नेकपा माओवादी लागिरहेका छौ । मुलुकको आवश्यकताले गर्दा हामी गठबन्धन गरेर अहिले यो निर्वाचनमा होमिएको छ । संविधानको रक्षा गर्न हामी एक भएर निर्वाचनमा गएका छौ । सबै बर्गको रक्षा गर्न अब बन्ने सरकार मात्र भएको बताइन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला संयोजक एवं बागमती प्रदेश समानुपातिक उम्मेदवार भोला अर्यालले अब एक हप्ता बाकी समयमा गठबन्धनको उम्मेदवारहरूलाई जिताउनको लागि तपाईं मजदुरहरु लाग्नु पर्ने बताए । मजदुरहरुको हरेक खाले चुनौतीहरु पूरा गर्नको लागि अहिलेको साझा उम्मेदवारहरु जितेर हरपल लाग्ने र मजदुर साथीहरुको हकहितको लागि सधै माओवादी पार्टी लागि रहने बताए ।
अखिल नेपाल ट्रेड युनियनको धुलिखेलमा उम्मेदवार भेटघाट तथा मजदुर प्रशिक्षण कार्यक्रममा जिल्ला संयोजक होम बहादुर खुलालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दैँ रामगोपाल भुजेलले मजदुर हरु एक हौ भन्ने नारा मात्र एक भएको मजदुर लाई हेर्ने सबै पार्टीको फरक रहेको । कोभिड पछि मजदुरहरु ठुलै मारमा रहेको ५० प्रतिशत भन्दा धेरै मजदुरहरुले रोजगारी गुमाउनु परेको बताए ।
मजदुर ट्रेड युनियन जिल्ला सचिव राजन अधिकारीले कार्यक्रम सञ्चालक एव मजदुरहरूलाई गठबन्धनको पक्षमा मत खसाल्नको लागि प्रशिक्षण दिएको थियो ।
प्रतिक्रिया