काठमाडौं- युनाइटेड इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको कार्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश विमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।
प्रतिक्रिया