काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १५४.६७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १५४.६८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३८ लाख ६६ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
पहिलो त्रैमासमा संस्थाले ३ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड ६२ लाख रुपैयाँमा थियो । यो हिसाबले खुद ब्याज आम्दानी भने १।६२ प्रतिशतले ओरालो लागेको छ ।
चुक्तापुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ३.७५ प्रतिशतले बढेर ३ करोड ६ लाख रुपैयाँको भएको छ । अघिल्लो वर्ष रिजर्भमा २ करोड ९५ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा संस्थाले १ अर्ब ५५ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
पहिलो त्रैमासमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर २.१९ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.१८ प्रतिशत थियो ।
वार्षिकीकृत संस्थाको ईपीएस बढेर ४.५५ रुपैयाँ भएको छ। अघिल्लो वर्ष एनपीएल १.७९ रुपैयाँ थियो । पीई रेसियो १८०.७४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४३.४७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया