काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४.१४ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा संस्थालाई १ करोड ६९ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ३२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
पहिलो त्रैमासमा संस्थाले १० करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १७ करोड १९ लाख रुपैयाँमा थियो । यो हिसाबले खुद ब्याज आम्दानी पनि ३६.५ प्रतिशतले ओरालो लागेको छ ।
चुक्तापुँजी ६० करोड रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १५.२३ प्रतिशतले बढेर ८१ करोड ८७ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ७१ करोड ५ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा संस्थाले ५ अर्ब २४ करोड रुपैयाँ सापटी लिई १० अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ४.९३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ४.६८ प्रतिशत थियो ।
वार्षिकीकृत संस्थाको ईपीएस ११.३७ रुपैयाँ, पीई रेसियो ७४.२४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३६.४६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया