घट्यो मिर्मिरे लघुवित्तको नाफा, ईपीएस ५८.५५ प्रतिशतले घटेर २१.२८ रुपैयाँ पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४९.३९ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ४९.३९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७ करोड ९७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ४ करोड ३ लाख रुपैयाँमा सीमित बनेको छ । 

पहिलो त्रैमासमा संस्थाले १२ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १२ करोड १७ लाख रुपैयाँमा थियो। यो हिसाबले खुद ब्याज आम्दानी भने ३।६० प्रतिशतले उकालो लागेको छ । 

चुक्तापुँजी ५३ करोड १२ लाख संस्थाको रिजर्भको आकार ३७।२४ प्रतिशतले बढेर ३० करोड ३१ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २२ करोड ९ लाख रुपैयाँ थियो । 

समीक्षा अवधिमा संस्थाले ५ अर्ब ५३ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ३.४७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा एनपीएल २ प्रतिशत थियो । वार्षिकीकृत संस्थाको ईपीएस ५८.५५ प्रतिशतले घटेर २१.२८ रुपैयाँमा झरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ईपीएस ५१.३४ रुपैयाँ थियो। पीई रेसियो ४४.१७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९९.०१ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया