निर्धन उत्थान लघुवित्तको नाफामा पहिरो, अन्य सुचक कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ८३.८८ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ४६.२८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५६ करोड ६८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ३० करोड ४५ लाख रुपैयाँमा सीमित बनेको छ । 

पहिलो त्रैमासमा संस्थाले ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५१ करोड ५९ लाख रुपैयाँमा थियो । यो हिसाबले खुद ब्याज आम्दानी पनि ६.९६ प्रतिशतले ओरालो लागेको छ । 

चुक्तापुँजी २ अर्ब १९ करोड संस्थाको रिजर्भको आकार १.११ प्रतिशतले घटेर १ अर्ब ७८ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ८० करोड रुपैयाँ थियो । 

समीक्षा अवधिमा संस्थाले १८ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ७.१४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.५९ प्रतिशत थियो । 

वार्षिकीकृत संस्थाको ईपीएस ८७.५५ प्रतिशतले घटेर ५.९३ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यही अवधिमा ईपीएस ४७.६५ रुपैयाँ थियो । पीई रेसियो १५३.६४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११७.१२ रुपैयाँ रहेको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया