काठमाडौं - नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने म्याद थप भएको छ ।
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको इकाईका लागि अब मंसिर ७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
सो योजना अन्तर्गत क्यापिटलले बिक्री गर्न लागेको प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ ।
जसमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई रहेको छ। कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई निष्काशन गर्नेछ । सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।
सो फण्डको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया