काठमाडौं - आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी कम्पनीहरुले ९ अर्ब ९० करोड ५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यवसाय १० प्रतिशतले बढी हो ।
बीमा समितको तथ्याङक अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले व्यापार गरेको थियो । गत आर्थिक वर्षको यस अवधिसम्ममा शिखरले १ अर्ब ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
तर यस आर्थिक वर्षको असोज मसान्तसम्ममा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
प्रतिक्रिया