अमेरिकी शेयर बजार साढे २ वर्षयताकै उच्च स्तरमा

३ बर्ष अगाडि

एजेन्सी - अक्टोबरमा अमेरिकाको महंगी दर घटेर ७.७ प्रतिशतमा झरेको छ । यो पछिल्लो ९ महिना यताकै न्युन विन्दु हो । 

महंगी कम हुँदा अमेरिकी शेयर बजारमा पनि यसको असर देखिएको छ । जसकारण अमेरिकामा साढे २ वर्ष यताकै उच्च वृद्धि देखियो ।

बिहीबार डाउ जोन्स एक हजार २०१.४३ अंक वा ४ प्रतिशतले बढेर ३३ हजार ७१५.४० विन्दुमा बन्द भयो । एस एण्डपी ५०० पनि ५ प्रतिशतले बढेर ३ हजार ९५६.३७ विन्दुमा पुग्यो । 

न्यास्डेक कम्पोजिट ७६० अंक अथवा ७.३५ प्रतिशतले उकालो लागेर ११ हजार ११४.२०मा पुगेर बन्द भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया