एजेन्सी - शुक्रबार भारतीय शेयर बजारमा हरियाली देखिएको छ । शुक्रबार सेन्सेक्स उच्च स्तरमा पुगेको छ । यो दिन सेन्सेक्स एक हजार १८१ अंकले बढेर हालसम्मकै उच्च विन्दु ६१ हजार ७९५ मा पुगेको छ ।
यसैगरी, निफ्टी पनि ३२१ अंकले वृद्धि भएर १८ हजार ३५० को उच्च विन्दुमा पुग्यो । निफ्टीमा आईटी सूचक ३.८१ प्रतिशतले बढेको छ । शुक्रबार कारोबार समयमा निफ्टी १८ हजार ३६२ को रेकर्ड स्तरमा पुगेको थियो । यस दिन निफ्टीको ३७ शेयर बढ्दा १२ शेयरमा गिरावट देखियो ।
शुक्रबार भारतीय शेयर बजार बढ्नुको मूख्य कारण एचडीएफसीको शेयर ५.२ प्रतिशत र एचडीएफसी बैंकको शेयर ५।७३ प्रतिशतले बढ्नु रहेको थियो ।
यसअघि सेन्सेक्सको उच्च विन्दु ६२ हजार २४५.४३ रहेको थियो जुन अक्टोबर २०२१ मा कायम भएको थियो । यस्तै, १८ अक्टोबर २०२१ मा निफ्टी ५० सूचक १८ हजार ४७७ मा बन्द भएको थियो जुन अलटाईम हाई रकेर्ड हो ।
भारतीय संचारमाध्यमका अनुसार बढ्ने क्रम जारी रहेमा यस साता भारतको शेयर बजारले नयाँ रेकर्ड बनाउने छ ।
प्रतिक्रिया