एजेन्सी - विलासिताको जिन्दगीदेखि वाक्क भएर नर्वेकी राजकुमारी मार्था लुइसले शाही जीवन त्याग्ने घोषणा गरेकी छिन् । उनले अब सामाजिक क्षेत्रमा केहि काम गर्न मन लागेको बताएकी छिन् ।
रिपोर्टका अनुसार राजकुमारीले वैकल्पिक चिकित्सा अभ्यास गर्नेछिन् । जसमा उनले क्यान्सर जस्ता गम्भिर रोगका बारेमा अनुसन्धान गर्नेछिन् ।
न्यु योर्क पोष्टका अनुसार ५१ वर्षिय राजकुमारीले आफ्नो शाही उपाधि कायम राख्नेछिन् तर आधिकारिक शाही कर्तव्यहरु त्याग्नेछिन् । अब उनी शाही परिवारको प्रतिनिधित्व गर्ने छैनिन् ।
नर्वेकी राजकुमारी मार्था लुइस आफ्ना मंगेतर डुरेक भेरेटसँग वैकल्पिक चिकित्सा व्यवसायमा केन्द्रित हुन चाहन्छिन् ।
सन् २००२मा उनले नर्वेका लेखक र कलाकार एरी बेनसँग विवाह गरेकी थिइन् । यी दुईका तीन छोरीहरु छन् । २०१७ मा उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो । बेनले डिप्रेसनबाट पीडित भएको भन्दै २०१९ क्रिसमसका दिन आत्महत्या गरे ।
राजकुमारी मार्था र भेरेटको जुन महिनामा इन्गेजमेन्ट भएको थियो । उनले २०१९ मा आफ्नो इन्स्टाग्राम मार्फत् आफ्नो सम्बन्धका बारेमा शेयर गरेकी थिइन् ।
प्रतिक्रिया