काठमाडौं - दुईवटा म्युचुअल फन्डले नेपाल धितोपत्र बोर्ड ९सेबोन०सँग निष्कासनको अनुमति मागेका छन् ।
एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल स्टेबल फन्ड र आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–२ले सेबोनसँग निष्कासन अनुमति माग गरेका हुन् ।
कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेको एनआईबिएल स्टेबल फन्डले सेबोनसँग १ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासनको अनुमति मागेको छ । सेबोनले अनुमति दिएमो बन्दमुखी यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई बिक्री खुला गरिनेछ ।
यसैगरी कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ रहेका आरबीबी म्युचुअल फन्ड–२ले १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाइहरु बिक्रीका लागि सेबोनसँग अनुमति मागेको छ ।
सेबोनले अनुमति दिएमा बन्दमुखी यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाई निष्कासन गरिनेछ।
प्रतिक्रिया