काठमाडौं - कुमारी बैंक लिमिटेड र काठमाडौंको टोखास्थित द हिमालयन ग्रिल बाई बाजेकोबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झातौ भएको छ ।
सम्झौतापत्रमा कुमारी बैंकका रिटेल बैंकिङ प्रमुख अन्जना मिश्र र द हिमालयन ग्रिल बाइै बाजेकोका तर्फबाट सञ्चालक मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहकले द हिमालयन ग्रिल बाई बाजेकोका सेवाहरुमा कुमारी बैंकका डेबिट वा क्रेडिट कार्ड तथा क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट पाउनेछन् ।
डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस सहकार्य गरेको हो ।
यस सहकार्यपश्चात कुमारी बैंकका डेबिट वा क्रेडिट कार्डवाहकहरु तथा क्यूआर प्रयोगकर्ताले द हिमालयन ग्रिल बाई बाजेकोको टोखा आउटलेटमा विभिन्न सेवासुविधाको शुल्कमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५९ शाखारहित बैंकिङ इकाइ तथा ३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया