फिफा विश्वकप २०२२ : मेसीको कप्तानीमा अर्जेन्टिनाद्धारा टोली घोषणा, यस्तो छ पूर्ण टोली

३ बर्ष अगाडि

एजेन्सी - दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले आगामी मंसिर ४ गतेदेखि कतारमा हुन लागेको फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ ।

लिओनेल मेसीको कप्तानीमा घोषित टोलीमा एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएको छ । चोट बोकेका दुबै फिट हुनका लागि संघर्षरत छन् ।

विश्वकपको समूह सी मा रहेको अर्जेन्टिनाले साउदी अरब, मेक्सिको र पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिनाले पहिलो खेल मंसिर ६ गते साउदी अरबसँग खेल्नेछ ।

अर्जेन्टिनाको पूर्ण टोली :
गोलरक्षक
: एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी
डिफेन्डर : नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको, जान फोयथ
मिडफिल्डर : रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस
फरवार्ड : लिओनेल मेसी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया, पाउलो डिबाला
 

३ बर्ष अगाडि

प्रतिक्रिया