आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउ डाक्यो आइएमईले वार्षिक साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - आइएमई लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने भएको छ । 

आइएमईले आफ्नो २३औँ वार्षिक साधारण सभाबाट आईपीओ जारी गर्ने अजेन्डा लैजाने भएको छ । वार्षिक साधारणबाट आईपीओ जारीको विशेष प्रस्ताव पारित गरी निष्कासनको प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ । 

आइएमईको वार्षिक साधारण सभा आउँदो मंसिर १६ गतेका लागि डाकिएको छ । सभा काठमाडौंको लाजिम्पाटस्थित होटेल ले हिमालयमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

सभाले बोनस सेयर जारी चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । सोही सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात पारित गर्नेछ । 

सभाले सञ्चालक समिति गठन गर्ने सामान्य प्रस्ताव पनि अनुमोदन गर्नेछ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया