काठमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा आज १ करोड बढी कित्ता सेयर सूचीकृत भएको छ ।
नेप्सेमा ङादी ग्रुप पावरको हकप्रद सेयर सूचीकृत भएको हो । यो कम्पनीको कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गरेको थियो ।
यो हकप्रदमा बिक्री हुन नसकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर कम्पनीले पछि लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो ।
प्रतिक्रिया