सर्पोट लघुवित्तको नाफा ६७.६८ प्रतिशतले घटेर ४ लाख ४५ हजार रुपैयाँमा सीमित

३ बर्ष अगाडि

काठमाडौं - सर्पोट लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक भएको छ । 

सार्वजनिक वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ६७.६८ प्रतिशतले घटेर ४ लाख ४५ हजार रुपैयाँमा सीमित भइको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको नाफा १३ लाख ७७ हजार रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट हुँदा लघुवित्तको नाफा प्रभावित भएको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१.०७ प्रतिशतले घटेर छ भने सञ्चालन मुनाफा ६७.६९ प्रतिशतले घटेर छ ।

समीक्षा अवधिसम्ममा २८ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ९८ करोड ७ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर एक अर्ब ३७ करोड ४४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ०८ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ २४ पैसा छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया