काठमाडौं - गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको कुल १४.५ प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार ६५७.७८ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२.५३ रुपैयाँबराबरको नगद लाभांश छन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणभासबाट सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया