काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४० प्रतिशत कम हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउनु परेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.९४ प्रतिशत बढेको छ भने फि, कमिशन तथा डिस्काउण्ट ३.११ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४।०४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.९४ प्रतिशत घटेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५९ रुपैयाँ १ पैसा घटेर ५७ रुपैयाँ १० पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २८३ रुपैयाँ ९२ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ७० प्रतिशत बढेको छ भने जगेडा कोष १२.६७ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ६.०६ प्रतिशत घटेको छ भने निक्षेप १६.५८ प्रतिशत र कर्जा १२.३१ प्रतिशत बढेको छ ।
प्रतिक्रिया