काठमाडौं - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४.१६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५४.१६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १५ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १० करोड ८ लाख रुपैयाँ भएको छ ।
पहिलो त्रैमासमा संस्थाले १७ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १२ करोड ७१ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी पनि ३७.६६ प्रतिशतले उकालो लागेको छ ।
चुक्तापुँजी १ अर्ब २४ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार ५.३५ प्रतिशतले बढेर १ अर्ब ९ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ३ करोड रुपैयाँमा सीमित थियो ।
पहिलो त्रैमासमा संस्थाको एनपीएल सामान्य बढेर ०.०७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा एनपीएल ०.०५ प्रतिशत थियो ।
वार्षिकीकृत संस्थाको ईपीएस ५४.१७ प्रतिशतले बढेर ३५.०९ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस २२.७६ रुपैयाँ थियो । पीई रेसियो २३.७७ गुणा र प्रतिसेयर नेटवर्थ २७५.३० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया