काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ७९ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
प्रथम त्रैमासमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १५ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्ष यही अवधिमा ९ करोड ५५ लाख रुपैयाँमा सीमित थियो ।
समीक्षा अवधिमा कम्पनीले ७ करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीले ५ लाख ३६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । खुद दाबी भुक्तानी पनि ३९.१७ प्रतिशतले उकालो लागेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा २७.७७ प्रतिशतले बढेको छ । यो अवधिमा कम्पनीले २१ करोड ५२ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले नाफा १३३.२८ प्रतिशतले बढाउन सफल भएको छ ।
समीक्षमा गत वर्षको यही अवधिको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ । गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च ९ करोड ५१ लाख रुपैयाँ भएकोमा समीक्षा अवधिमा बढेर १० लाख ३३ हजार रुपैयाँ पुगेको छ ।
प्रथम त्रैमासमा कम्पनीको जीवन बीमा कोषको आकार ५४.९६ प्रतिशतले बढेर ७ अर्ब ४ करोड रुपैयाँको भएको छ । गत वर्ष बीमा कोषमा ४ अर्ब ५४ करोड रुपैयाँमा मात्र थियो ।
गत वर्ष ६६ करोड १० लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर १ अर्ब ३ करोड १० लाख पैयाँको उचाइमा पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल कायम बीमा लेखको संख्या २९ हजार ३२३ रहेको छ । गत वर्ष यही अवधिमा कम्पनीले ३४ हजार ९२१ बीमा लेख जारी गरेको थियो ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३५.३८ रुपैयाँ रहेको छ । गत वर्ष ईपीएस १६.०४ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.३२ रुपैयाँ रहेको छ ।
ज्योति लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्सँग मर्जर प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया