सञ्चालन आम्दानी बढेसँगै चन्द्रागिरी हिल्सको खुद नाफा बढ्न पुग्यो, ईपीएस कति ?

३ बर्ष अगाडि

काठमाडौं - चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६९.२० प्रतिशत बढेको छ भने कुल आम्दानी ८७.१७ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको अन्य आम्दानी २५८.६७ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको ईपीएस पनि बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ६ रुपैयाँ १९ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको ईपीएस, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ रुपैयाँ ४२ पैसा धनात्मक रहेको छ । 

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया