काठमाडौं - मुक्तिनाथ कृषि कम्पनीले आजबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ५५.५५ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० अंकित दरका कुल २० लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो । गत असोज २८ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभाबाट पारितबमोजिम कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ः०.५५ अनुपातमा हकप्रद जारी गरेको हो ।
हकप्रद सेयर खरिद गर्न कम्पनीले सेयरधनीहरुलाई कम्पनीको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ । हकप्रद सेयर आउँदो मंसिर २९ गतेसम्म बिक्री खुला रहने पनि कम्पनीले जनाएको छ ।
कम्पनीको हाल ३६ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । हकप्रद बिक्रीपछि चुक्तापुँजी ५६ करोड रुपैयाँ पुगनेछ ।
प्रतिक्रिया